गर्मीमा छालाकाे स्याहार यसरी गर्नुहाेस्

गर्मी माैसममा घामका कारण छालामा धेरै समस्या देखिन्छन् । चर्को घामले छाला डढ्ने, मेकअप बग्ने, पसिना बढी आउने, एलर्जी हुनेलगायत अनेकौं समस्या हुन्छन्।

याे समयमा छालाकाे स्याहार गर्न कठिन हुन्छ । गर्मीमा हुने यस्ता समस्याबाट जोगिन सकेसम्म पूरा बाहुला भएको पहिरन लगाउनुपर्छ । यसले शरीरको देखिने भागलाई डढ्नबाट जोगाउँछ ।

गर्मीमा सेतो वा हल्का रङका पहिरनको प्रयोग उचित हुन्छ । साथै सकेसम्म कम एसेसरिजको प्रयोग गर्नुपर्छ । कपाललाई धेरै कसेर बाँध्नु हुँदैन । गर्मीमा कपाल भरसक छोटो राखेको नै राम्रो हुन्छ। 

कपाललाई स्याम्पूले धोएपछि कागतीको रस वा गुलाबजल मिलाएको पानीले धुनुपर्छ । यसो गर्दा कपालमा पसिनाको गन्ध आउँदैन । यदि टाउको चिलाउने भयो भने छालारोग विशेषज्ञसँग सम्पर्क राख्नुपर्छ । 

गर्मीमा धेरैभन्दा धेरै पानी पिउनुपर्छ । पानी पिउनाले शरीरको विषादी पसिना र पिसाबबाट बाहिर निस्कन्छ । गर्मी मौसममा वाटरप्रुफ मेकअपको प्रयोग गर्नुपर्छ ।

कुनै पनि विवाह, समारोह वा पार्टीमा जाँदा धेरै चर्को लाइट हुने भएकाले, त्यस्ता लाइटले मेकअपमा चाँडै असर पार्छ र मेकअप लामो समयसम्म टिक्दैन । यस्तो समस्याबाट बच्न वाटरप्रुफ र राम्रो कम्पनीको सौन्दर्य प्रशाधनको प्रयोग गर्नुपर्छ ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार १३:३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया