logo-img

सामुदायिक कुकुर व्यवस्थापन गर्दै ललितपुर महानगर

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रका सामुदायिक कुकुरहरूको व्यवस्थापनका लागि तयारी सुरु गरिएको बताएका छन् ।

महर्जनले यही वर्षबाट सामुदायिक कुकुर बन्ध्याकरणको लागि टेन्डर आह्वान गरिसकेको समेत जानकारी दिए । केनेल क्लब अफ नेपालले बाइरो प्रेसेन्त्स तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शोकोका अवसरमा उनले कुकुरहरूको व्यवस्थापन जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘ललितपुर महानगरपालिकाले सामुदायिक कुकुरहरूको बारेमा केही व्यवस्थापन गर्नुपर्छ भन्ने लागेको छ । यसमा अध्ययन गरायौँ । त्यसबाट एउटा रिपोर्ट आएको छ । त्यो रिपोर्ट अनुसार ९ हजार ९ सय ४४ वटा सामुदायिक कुकुरहरू ललितपुर महानगरपालिकामा रहेछ । यसको व्यवस्थापन गर्न गाह्रो पर्ने कुरा हो । तसर्थ पनि यही वर्षबाट सामुदायिक कुकुर बन्ध्याकरणको लागि हालै टेन्डर आह्वान गरिसकेका छौ ।’





  • प्रकाशित मिति : माघ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया