जेट एयरवेजका सिइओ विनय दुबेले पनि राजीनामा दिए

दिल्ली– जेट एयरवेजका डेप्युटी सिइओ अमित अग्रवालकाे राजीनामा लगत्तै सिइओ विनय दुबेले पनि राजीनामा दिएका छन् । दुबेले पनि साेमबार आफूले राजीनामा दिएकाे एयरलाइन्सकाे स्टक एक्सचेन्जलाई जानकारी गराएका हुन् । 

उनले आफ्नाे व्यक्तिगत कारणले नै राजीनामा दिनुपरेकाे उल्लेख गरेका छन् । 

विनयले पनि २०१५ देखि नै जेट एयरवेजमा काम गर्न सुरु गरेका थिए । गएकाे एक महिनामा जेटका धेरै बाेर्ड मेम्बरले राजीनामा दिइसकेका छन् । 

लामाे समयदेखि आर्थिक संकटमा फसेकाे जेट एयरवेजले अप्रिल १७ देखि अस्थायी रुपमा आफ्नाे उडान बन्द गरेकाे छ । 






  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार ९:८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया