नेपाल–भारत लगानी एक्स्पो सुरु

काठमाडौं– नेपाल–भारत लगानी एक्स्पो’ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र भारतीय फ्रेन्चाइज कम्पनीको संयुक्त आयोजनामा बुधबारबाट एक्स्पो सुरु गरिएको हो ।

नेपालमा वैदेशिक लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । दरबारमार्गस्थित याक एन्ड यति होटलमा आयोजना गरिएको सो एक्स्पोमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

एक्स्पोमा दुवै देशका करिब ६० वटा ब्रान्डेड कम्पनीले भाग लिएका छन् । बिहीबार नेपालमा उद्यम विकासको मार्ग चित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने भएको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार १४:१०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया