सामाजिक सन्जालमा ‘पोल’ सोधेर आत्महत्या

एजेन्सी– मलेसियामा एक १६ वर्षीय किशोरीले सामाजिक सन्जालमा मानिसहरुको राय लिएर आत्महत्या गरेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा साथीहरुसँग सोधेकी थिइन् कि के उनले आत्महत्या गर्नु पर्ला ? सोमबार राखिएको यो पोलमा ६९ प्रतिशत मानिसहरुले हुन्छ भन्नेमा भोट गरेका थिए । त्यसपछि उनले एउटा भवनको तेस्रो तलाबाट कुँदेर आत्महत्या गरिन् । उनको मृत शरीर साँझ आठ बजे भेटिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुमा उल्लेख छ । 

प्रहरीले ती युवतीले त्यसलाई महत्वपूर्ण मृत्युको संज्ञा दिएकी थिइन् । प्रहरीले पारिवारिक तनावका कारण ती युवतीले हत्या रोजेको हुनसक्ने अनुमान गरेको छ । तर, घटनास्थलबाट केही पनि नभेटिएकाले प्रहरीले यसलाई आत्महत्या नै मानेको छ । यो घटनापछि मलेसियामा ठूलो तरंग फैलिएको छ । मलेसियाका युवा तथा खेलकुदमन्त्री सैयद अब्दुल रहमानले देशमा युवाहरुको माहोलले आफूलाई चिन्तित बनाएको र देशमा यसबारे बहस हुनु पर्ने बताएका छन् । 





  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार १८:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया