एजेन्सी– बलिउडमा कुनै समय निकै चर्चामा भएको एउटा झगडा अब फेरि बढ्न थालेको छ । यो हो, अभिनेत्री कंगना रनौट र आदित्य पन्चोलीको झगडा । केही समययता यी दुई कलाकारले एकअर्काविरुद्ध व्यापक धेरै अभिव्यक्ति दिएका छन् । कतिसम्म भने कंगनाले एउटा अन्तर्वार्तामा रेस २ का यी अभिनेता आदित्यविरुद्ध यौन तथा शारीरिक उत्पीडनको आरोप पनि लगाइसकेकी छिन् ।
कंगनाले आफूविरुद्ध बोल्न नछोडेपछि आदित्यले कंगनाविरुद्ध एफआइआर दर्ता गराएका छन् । आदित्यले अब कानुनी उपचारको बाटो लिने फैसला गरेको भारतीय सन्चारमाध्यमहरुले लेखेका छन् । आदित्यले अहिलेलाई कंगनाविरुद्धको उजुरी वर्सोवा प्रहरी स्टेसनमा दिएका हुन् । आदित्यले आफूसँग भएका प्रमाणहरु पनि प्रहरीमा दिएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।