बागलुङ नगरपालिकामा नेकपाको तालाबन्दी

बागलुङ– बागलुङ नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले तालाबन्दी गरेका छन् । भ्रष्टाचार बढेको र काममा ढिला सुस्ती भएको भन्दै नेकपाका नेताहरुले नगर प्रमुख जनकराज पौडेल र भीमबहादुर कुँवरको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

पौडेल नेकपाकै नेता हुन् । ‘नगरपालिकाले नगरकै जनतालाई धेरै दुःख दियो, विकृति बढे,’ तालाबन्दी गर्दै नेकपाका नेताहरुले भनेका छन्, ‘जनताको नाममा आएको बजेट पनि नराम्रो नियत राखेर फ्रिज गरिएको छ ।’

नगर प्रमुखलाई आफूहरुले बारम्बार सचेत गराएको तर उनी नसुध्रिएको नेकपा नेताहरुको आरोप छ । उता, ताला लगाएपछि नगर प्रमुख पौडेलले आदेश दिएपछि नगर प्रहरीले ताला खोलेको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार २१:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया