साइबर आक्रमणकाे आशंका, अमेरिकामा राष्ट्रिय सङ्कटकाल

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी साइबर हमलाबाट अमेरिकी कम्प्युटर जाेगाउन भन्दै राष्ट्रिय सङ्कटकालकाे घाेषणा गरेका छन् । 

ट्रम्पले एक कार्यकारी आदेश जारी गरेरे राष्ट्रिय सङ्कटकालकाे घाेषणा गरेका हुन् । यस घाेषणापछि अमेरिकी कम्पनीलाई विदेशी टेलिकम सेवा उपयाेग गर्न प्रतिबन्ध गरिएकाे छ । उक्त आदेशमा विदेशी टेलिकम सेवाले राष्ट्रिय सुरक्षामा खतरा पुर्याउन सक्ने भनिएकाे छ । 

ट्रम्पले आदेशमा कुनै पनि कम्पनीकाे नाम उल्लेख भने गरेका छैनन तर विश्लेषकहरूले चिनियाँ कम्पनी हुवावे हुन सक्ने आशंका गरेका छन् । 

केही देशहरुले हुवावेका उपकरणले अमेरिकाकाे आन्तरिक गतिविधीलाई निगरानी गर्न सक्ने आशंका व्यक्त गरेका छन् । तर हुवावेले याे आराेप अस्वीकार गरेकाे छ ।

ह्वाइट हाउसले जारी गरेको एक वक्तव्यले ट्रम्पको आदेशले ‘सूचना प्रविधि र सेवाको क्षेत्रमा रहेका कमजोरीहरूको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीबाट अमेरिकालाई बचाउने’ उद्देश्य रहेकाे उल्लेख गरेकेाे छ । 





  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार ८:११:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया