आइएस आक्रमण : इराकमा ६ प्रहरीको मृत्यु

एजेन्सी– इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) समूहको आक्रमणमा परी चार प्रहरी अधिकृत र अन्य दुई प्रहरी मारिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

किर्कुक सहरबाट ३० किलोमिटर दक्षिणमा पर्ने रसहाद सहरनजिकै रहेको प्रहरी चौकीमा भएको आक्रमणमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका छन् ।

प्रान्तीय सहर किर्कुकको पश्चिम भागमा अवस्थित हविजाह सहरनजिकै आइएस लडाकु समूहले एक सवारीसाधनलाई लक्ष्य गरी गरेको बन्दुक आक्रमणमा परी चार संघीय प्रहरी अधिकृतको मृत्यु भएको हो । 

सन् २०१७ को अन्त्यबाट इराकी सुरक्षा बलले गरेको कारबाहीमा परी अतिवादी आतंककारी समूह आइएस देशभरि नै पराजित भएको थियो ।

आक्रमण भएको सो इलाका अफगानिस्तानको राजधानी बाग्दादबाट २५० मिटर उत्तरमा अवस्थित रहेको बताइएको छ ।  





  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार १६:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया