आथिर्क वर्ष २०७६/७७ को बजेटमा सांसद् डिला संग्रौलाका माग

मैले आफ्नो क्षेत्रको विकासको लागि बजेट माग गरेकी छु । लेखेर पनि दिएकी छु । मन्त्रालयमा दर्ता गर्न जाँदा समय सकियो भनेर दर्ता गर्नै मानेन् । 

मेरो क्षेत्र भनेको मोरङ क्षेत्र नम्बर ६ हो । महानगरपालिका, गाउँपालिका मिलेर बनेको छ । यो मिलेर बसेको हुनाले अझै पनि महानगरपालिकाभित्र विकट–विकट ठाउँहरू छन् । 

सबै ठाउँमा अझै सडक पुगेको छैन । स्थानीयले शुद्ध खानेपानी पाएका छैनन् । विजुली बत्तिको पनि अभाव छ । गाउँतिर जानका लागि पुलपुलेसा पनि छैनन् । पुल बन्नुपर्छ भनेर बजेट माग गरेकी छु ।

यो बाहेक मेरो क्षेत्रमा मुख्य समस्या स्वास्थ्यको  हो । स्वास्थ्य चौकीको अभाव छ । अस्पतालको पनि आवश्यकता छ । आर्थिक सशक्तिकरणको मूलप्रवाहबाट तल्लो तह र तप्का माथि उठ्न सकेका छैनन् । सीपमूलक र आयमूलक कार्यक्रमको जरुरत छ । 
 





  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार १६:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया