हेटाैंडा– प्रदेश नम्बर नं ३ को बिहिबार बसेको प्रदेशसभाको बैठकले दुई विधेयक पारित गरेकाे छ । प्रदेशमा बीउबिजनको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशमा कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेको विधेयक २०७६ लाई सर्वसम्मतिबाट पारित गरिएकाे हाे ।
कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले दुवै विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव राखेका थिए ।
खेतीयोग्य जमीनलाई बाँझो राख्ने प्रचलनलाई अब प्रदेश सरकारले सामूहिक खेतीको माध्यमबाट अन्त्य गर्ने एवं कृषि उत्पादन वृद्धि गर्न नीतिगत कार्यक्रममा बजेट तर्जुमा गरिन लागेको मन्त्री लामाले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।