मदन भण्डारीका हत्यारा पत्ता लगाउने गृहमन्त्री बादलको दाबी

काठमाडौं– मदन भण्डारी तथा जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरु गरिएको गृहमन्त्री रामबहादुर थापा बादलले दाबी गरेका छन् । 

२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बादलले यस्तो दाबी गरेका हुन् । उनले छानबिन प्रक्रिया सुरु भइसकेको र हत्यारा पत्ता लगाएरै छाड्ने बताएका छन् । 

‘हत्याबारे छानबिन गर्ने प्रक्रिया सुरु भइसकेको छ,’ उनले भनेका छन्, ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’

२६ वर्षअघि २०५० साल जेठ ३ गते पोखराबाट चितवन जाँदा भण्डारी र आश्रित चढेको जीप दासढुंगामा दुर्घटनामा परेको थियो । अहिलेसम्म यो दुर्घटना कसरी भयो भन्ने खुल्न सकेको छैन । तत्कालीन एमाले सत्तामा हुँदा सधैं मदन भण्डारीका हत्यारा पत्ता लगाउनु पर्ने आवाज उठिरहेको हुन्छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १०:५८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया