प्रदेश नं ५ को बजेट अधिवेशन सुरु

बुटवल– प्रदेश नं ५ को बजेट अधिवेशन सुरु भएको छ । याे प्रदेशसभा स्थापना पछिकाे चाैथाे अधिवेशन हाे । 

सांसदहरुले नमुना प्रदेश निर्माणको खाकासहित प्रदेशभित्र पिछडिएका क्षेत्र समेट्ने गरी बजेट बनाउन आग्रह सुझाव दिएका थिए । 

यस्तै बैठकमा महिला सांसदहरुले प्रदेश सरकार अन्तर्गत अहिलेसम्म महिला संरचना नबनेकाले महिलाका समस्या राख्ने एउटा छुट्टै संरचना बनाउन सुझाव दिएका छन् । 

बैठकको प्रारम्भमै सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त बजेट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए ।

प्रदेशसभाको अर्को बैठक जेठ ९ गते दिउसो १ बजे बस्नेछ । जेठ ९ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार ११:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया