पानी ट्यांकरले माेटरसाइकललाई ठक्कर दिँदा सुन्धारामा एक युवतीको मृत्यु

काठमाडौं – सुन्धारास्थित काठमाडौं मलअगाडि ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतिको घटनास्थलमै मृत्यु भएको छ । माेटरसाइकल चालक घाइते भएका छन् ।

ना २ ख ४२२२ नम्बरको पानी ट्यांकरले बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका काँडाघारी बस्ने २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको हाे भने रामशरण केसी घाइते भएकाे प्रहरीले जानकारी दिएको छ ।

घाइते केसीकाे ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेकाे जनाएकाे छ । 





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १२:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया