च्याउ खानुको फाइदा

तरकारीको कुरा गर्ने हो भने च्याउ लोकप्रिय तरकारी हो । प्रायः यो सबैलाई मन पर्छ । यसमा अरू तरकारीको तुलनामा यसमा अलि बढी नै पोषक तत्त्व पाइन्छ ।

यसमा ‘लाइसिन’ नामक ‘अमीनो अम्ल’ अधिक मात्रामा हुन्छ । यो अमिनो अम्लले मान्छेको सन्तुलित भोजनको लागि आवश्यक हुन्छ । च्याउमा भएको ‘एन्टी अक्सीडेट’ ले हामीलाई ‘फ्रि रेडिकल्स’ बाट बचाउँछ । 

यो एक प्राकृतिक एन्टिबायोटिक हो, जुन माइक्रोवियल र अन्य फंगल संक्रमणबाट जोगाउँछ ।


फाइदा

१. यसले ब्लड प्रेसर जस्तो समस्यालाई नियन्त्रण गर्न मदत गर्छ । जो यो समस्याबाट पीडित छन् उनीहरूका लागि च्याउ अति प्रभावकारी हुन्छ ।

२.यसमा कार्बोहाइडे«टको मात्रा पर्याप्त हुने हुनाले यसले कब्जियत, अपच, अति अम्लियता जस्ता पेटसँग सम्बन्धित विकारलाई हटाउन मदत गर्छ । यसका साथै यसले कोलेस्ट्रोललाई कम गर्छ ।



३. यसले शरीरमा इन्सुलिनको निर्माण गर्छ । च्याउले डायबिटिजका रोगीलाई चाहिने सबै कुरा पाइन्छ । यसमा भिटामिन, मिनरल र फाइबर पाइन्छ । त्यसैगरी यसमा चिल्लो, कार्बोहाइड्रेट र सुगर हुँदैन, जुन डायबिटिजका रोगीका हानीकारक हुन्छ ।

४. यसमा लीन प्रोटिन पाइन्छ जसले तौल घटाउनमा मदत गर्छ ।



५. च्याउमा सोडियम साल्ट हुँदैन यसले गर्दा मोटोपन लगायत हृदयघातका बिरामीहरूका लागि महत्वपूर्ण आहार हो ।

६. यसले रगतमा होमोग्लोबिनलाई सन्तुलित बनाइराख्छ । 
 

  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १४:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया