आफ्नै दाजुको हत्या अभियोगमा एक पक्राउ

पर्सा– दाजुको हत्या गरेको आरोपमा पर्साका एक पुरुष पक्राउ परेका छन् । जिराभवानीपुर गाउँपालिका– १ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिन आफ्नै ४८ वर्षीय दाजु शेष फारुकलाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् । 

घरायसी विवादमा उनले आफ्नै दाजुलाई गोली प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उपचारका लागि शिक्षण अस्पतालमा महाराजगञ्ज काठमाडौंतर्फ लैजाने क्रममा फारुकको निधन भएको थियो । 

अभियुक्त सेरामुद्धिनको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल, ३ राउन्ड गोली एक थान गोलीको खोका बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १५:११:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया