धादिङका १०४ वटै वडामा कांग्रेसको छाया सरकार

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापविरुद्ध खबरदारी गर्ने भन्दै केन्द्रमा छाया सरकार गठन गर्ने अवधारण अघि सारेको छ ।

केन्द्रको सोही अवधारणलाई पच्छ्याउँदै नेपाली कांग्रेस धादिङले पनि जिल्लाभरका १०४ वटै वडामा छाया सरकार गठन गर्ने भएको छ । 

कांग्रेसको देशव्यापी जागरण अभियानअन्तर्गत धादिङमा रहेका केन्द्रीय सदस्य प्र​दीप​ पौडेल​को समन्वयमा शुक्रबारबाट जिल्लाका १०४ वटै वडामा छाया सरकार  गठन प्रक्रिया प्रारम्भ भएको हो । 

पौडेल जाग​र​ण​ अभियानअन्त​र्ग​त धादिङ​ जिल्ला प्र​तिनिधि हुन् । 





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १५:२७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया