धरहरा पुनर्निर्माणमा स्थानीयको अवरोध, रोकियो काम

कठमाडौं– सरकारले प्राथमिकताका साथ सुरु गरेको धरहराको पुनर्निर्माणमा स्थानीयवासीले अवरोध गरेका छन् । पैदलमार्ग खुलाउन माग गर्दै स्थानीयवासीले अवरोध गरेपछि धरहरा पुनर्निर्माणको काम शुक्रबार बिहानबाट अवरुद्ध भएको छ । 

धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार हालसम्म करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको छ । स्थानीयले विगत ६ महिनादेखि पैदलमार्ग खुलाउन धरहरा निर्माण समितिसँग माग गरे पनि समितिले सो मागग पूरा गरेको छैन ।  

समितिले धरहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग छलफल भइरहेको जनाएको छ । 

समितिले स्थानीयको मागलाई तत्काल सम्बोधन गरी धरहरा निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १५:४२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया