गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न

लमजुङ– लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा वागिश्वरी मावि विचौरले राष्ट्रपति रनिङ सिल्ड जितेको छ भने गौडा मावि दोस्रो र कल्लावारी माविले तेस्रो स्थान प्राप्त गरेका छन् । यस प्रतियोगितामा ६ विद्यालय सहभागी भएका थिए ।

उद्घाटन समारोहमा बोल्दै यस दूधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले विकास निर्माणका अन्य कामसँगै खेलकुदलाई पनि अगाडि बढाउने र गाउँपालिकालाई राष्टिय स्तरमा सफल बनाउने लक्ष्य रहेको बताए ।  

समापन कार्यक्रममा दूधपोखरी गाउँपालिकाका अध्यक्ष छुपिमाया गुरुङ, उपाध्यक्ष कमलप्रसाद धिताल र शिक्षा समिति संयोजक गोविन्द दवाडीले विजेता छात्र–छात्रा तथा विद्यालयलाई रनिङ सिल्ड, मेडल तथा ट्रफी प्रदान गरे । 

कार्यक्रम समापन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले सवै विजेता, सहभागी विद्यालय तथा छात्रछात्रा र प्रतिनिधि शिक्षकहरुलाई बधाई दिइन् । साथै उनले खेलकुद विकासका लागि गाउँपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । 





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १६:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया