प्रधानाध्यापकले मादक पदार्थ सेवन गरी विद्यार्थीको घरबाट सुन र नगद चोरेपछि...

काठमाडौं– शिक्षक अर्थात् गुरु आफैँमा सम्मानित पद हो । अन्धकारलाई हटाएर उज्यालोतर्फ डोहोर्याउने भएकाले शिक्षकलाई देवतासमान मानिन्छ । तर, तिनै शिक्षक गलत काममा संलग्न भए भने उनले दिएको शिक्षा ग्रहण गर्ने विद्यार्थी कस्ता निस्केलान् ? 

यस्तै घटना सिन्धुपाल्चोकमा भएकाे छ । विद्यार्थीको घरमा गएर उनका अभिभावकको सुन र नगद चोरेको आरोपमा सिन्धुपाल्चोकको एक विद्यालयकी प्रधानाध्यापक पक्राउ परेकी छिन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशी दुई तोलाभन्दा बढी सुन र तीन हजार नगद चोरेको आरोपमा पक्राउ परेकी हुन् । 

उनलेले मादक पदार्थ सेवन गरी स्थानीय माया घलेको घरबाट सुन र गरगहना चोरी गरेकी हुन् । इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएअनुसार उनले आफूले मादक पदार्थ सेवन गरेर सुन तथा गरगहना चोरी गरेको स्वीकार गरेकी छिन् । 

पीडित घलेका अनुसार प्रधानाध्यापक जोशीले दिउँसो ३ बजेतिर घरमा पसेर दराजमा भएको सुन चोरेर भाग्ने क्रममा जोशीलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । जोशी यसअघि पनि पटकपटक यस्ता विभिन्न घटनामा संलग्न रहेको आरोप लाग्दै आएको स्थानीयको भनाइ छ । 

इलाका प्रहरी कार्यालय मेलम्चीले जोशीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १८:१५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया