स्याउका फाइदा

एजेन्सी– स्याउबारे हामीले धेरै फाइदाका कुराहरु सुनेका छाैँ हाेला । स्याउका अनेक फाइदा छन्, केही हुन्: 

- स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले  मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।

 - सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत् राख्न पनि सघाउ पु-याउँछ ।

 -स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ । पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः कम हुँदै जान्छ । 

- स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ । 

- नियमित स्याउ खाँदा मोटोपन हटाउन सहयोगी हुन्छ । साथै, मोटोपनबाट हुने हृदयाघात, डायबिटिज, मुटुरोगजस्ता विभिन्न समस्याको सम्भावना हुँदैन । 



- मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन लाभदायी हुन्छ । साथै, बिरामीले खाएमा पत्थरीका कारण हुने दुखाइबाट आराम मिल्छ । 



  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार २२:४८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया