बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आँपको बिरुवा रोपे प्रधानमन्त्रीले

लुम्बिनी– २५६३ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी नयाँ ग्राममा प्रधानमन्त्री केपी शर्मा ओलीले आँपको बिरुवा रोपेका छन् । लुम्बिनी नयाँ ग्राममा नयाँ २६ सय ४६ बिरुवा रोप्ने लुम्बिनी विकास कोषले योजना बनाएको छ । यसको सुरुवात प्रधानमन्त्री ओलीले गरेका हुन् । 

बुद्धजयन्तीका अवसरमा आयोजित अन्य कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी हुँदै छन् । उनले नयाँ ग्राममा नै रहेको ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्ने कार्यक्रम छ । त्यस्तै, प्रधानमन्त्री थाइ बिहारमा पुगेर भिक्षु संघलाई अष्ट परिस्कार पनि दान गर्दै छन् ।

बुद्धजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि लुम्बिनी जाँदै छिन् । राष्ट्रपति, प्रधानमन्त्री तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १०:१४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया