बाँकेमा प्रहरी चौकीमा भारतीयको आक्रमण प्रयास, ६५ राउन्ड गोली चल्यो
साङ्केतिक तस्वीर ।

बाँके– बाँकेको नरैनापुर क्षेत्रमा भारतीयहरुले प्रहरी चौकीमा आक्रमण प्रयास गरेपछि रातभर तनावग्रस्त भएको छ । प्रहरी चौकीमा नै भारतीयहरुले आक्रमण प्रयास गरेकाले त्यहाँको स्थितिलाई सामान्य बनाउन प्रहरीले ६६ राउन्ड हवाइ फायर गर्नु परेको छ । 

सीमामा चेकजाँच गर्दा एक भारतीय पाँच किलो चरेससहित समातिएपछि त्यहाँ तनाव भएको हो । उनलाई छुटाउन दबाब दिँदै भारतीयहरुले नेपाली प्रहरी चौकीमाथि आक्रमण गरेका थिए । उनीहरुल्े नरैनापुरको पाँच नम्बर वडामा रहेको प्रहरी चौकी घेराउ गरेका थिए । 

शुक्रबार साँझ नै चरेससहित समातिएका भारतीयलाई छुटाउन उनका गाउँले आएका हुन् । भारतीयहरुले चौकी घेराउसँगै तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ६५ राउन्ड हवाइ फायर गरिएको प्रहरीले जनाएको छ । 

गत साता पनि त्यही ठाउँमा एक भारतीय चरेससहित पक्राउ परेका थिए । पछि भारतीयहरु आएर चौकी घेरा हालेर ती तस्करलाई लगेका थिए ।

शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा पुगेकी प्रदेश सांसद कृष्णा केसीलाई पनि भारतीयहरुले चार घन्टासम्म घेरा हालेका थिए । उनको गाडीमा आगजनीको प्रयाससमेत भयो ।

यी गतिविधि बढ्न थालेपछि त्यो क्षेत्रको सुरक्षा बढाइएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १३:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया