गाउँपालिका अध्यक्ष गोइतको घरमा बम विस्फाेट

सप्तरी– अज्ञात समूहले  सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गएराति प्रेसर कुकर बम विस्फाेट गराएको छ।

सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विस्फाेट गराएको प्रहरी नायव उपरीक्षक भावेश रिमाललले जानकारी दिए । बम विस्फाेटनबाट प्रतीक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथै उनका काका श्याम गोइत घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बम विस्फाेटबारे अनुसन्धान भइरहेको र बम विस्फाेट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।





  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १४:१९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया