वर्ल्ड लिंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकको कर्मचारी हुँ भन्दै एक व्यक्तिले झन्डै १५ जनालाई ठगेको थाहा भएको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाले उक्त कम्पनीका पूर्वकर्मचारी काभ्रेपलाञ्चोक घर भई काठमाडौं महानगरपालिका ठमेल बस्ने १८ वर्षीय नीरज कुइँकेललाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो ।

उनले सुशान्त ओझाको नामबाट ठगी गर्दै आएका थिए । कम्पनीको मोबाइल र परिचयपत्र दुरुपयोग गरेर काठमाडौंका विभिन्न स्थानमा गई इन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाइन काट्नेलगायत कार्य उनले गर्दै आएका थिए ।

यस्तो गतिविधिको सूचना प्राप्त हुनासाथ टेकुस्थित महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई वसुन्धराबाट पक्राउ गरी अनुसन्धान थालेको छ ।

गत माघदेखि काम छाडेका उनले सोही कम्पनीको कर्मचारी बनेर १५ भन्दा बढी पुराना ग्राहक र केही नयाँ ग्राहक बनाई ६५ हजार संकलन गरेको अनुसन्धानमा खुलेको छ ।

अहिले महाशाखाले अदालतबाट म्याद थप गराएर उनीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १४:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया