जंगली हात्तीले कुल्चिँदा एक वृद्धाको मृत्यु

सिरहा– जंगली हात्तीको आक्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । चुरे जंगलबाट आएको हात्तीले गएराति कुल्चिँदा गोलबजार नगरपालिका–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो । 

छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेको वेला हात्तीले कुल्चिँदा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिए । 

मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ । हात्तीले गोलबजार नगरपालिका– १ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १५:४६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया