बम र हतियारसहित विप्लव जिल्ला इन्चार्जलगायत तीनजना पक्राउ

रोल्पा– नेपाल प्रहरीले नेपाल कम्युनिस्ट पार्टी विप्लवका रोल्पा इन्चार्जलगायत तीननेतालाई हातहतियारसहित पक्राउ गरेको छ । उनीहरूबाट एक थान कटुवा पेस्तोल, ३०३ साइफलको १४ रोउन्ड गोली, अन्य गोली ११ राउन्ड, २ थान सकेट बम, एक थान खुकुरी बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

पक्राउ पर्नेमा थवाङ गाँउपालिका वडा नं २ निवासी ५२ वर्षीय जयबहादुर रोका ‘प्रताप’ (जिल्ला इन्चार्ज), लुंग्री गाउँपालिका वडा नं. १ निवासी ४२ वर्षीय धनबहादुर खत्री ‘टाइगर’ (लुंग्री र सुनछहरी गाँउपालिकाका इन्चार्ज) र लुंग्री गाउँपालिका वडा नं. २ निवासी ४२ वर्षीय भुपेन्द्र खड्का ‘गोरे’ (इलाका इन्चार्ज) छन् । 

प्रहरीले उनीहरूलाई बिहीबार साढे १ बजेतिर लुंग्री गाउँपालिका वडा नं. १ बाट पक्राउ गरेको हो । उनीहरूविरुद्ध शुक्रबार जिल्ला अदालतले ५ दिने म्याद थप गरी संगठित अपराध निवारण ऐन २०७४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १८:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया