[अपडेट] त्रिशुलीमा बस खस्दा मृत्यु हुनेकाे संख्या ५ पुग्याे

काठमाडाैं– झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको बस धादिङमा दुर्घटनामा परेको छ । दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुगेकाे प्रहरीले जनाएको छ । २९ जना घाइते भएका छन् । 

घाइतेमध्ये १४ जनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ र अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 

बस गजुरी नगरपालिका ६ बन्छेटारमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बस सडकबाट  ६० मिटर तल त्रिशुली नदीमा खसेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

 





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार ९:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया