काठमाडौं– पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने मेलम्ची खानेपानी आयोजना २० वर्षसम्म पनि पुरा गर्न नसकेको भन्दै श्याम ज्यापुले सरकारको कडा आलोचना गरेका छन् ।
शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे उनले सरकारले पटक–पटक आफूहरूलाई पानी आउँछ भनेर आश्वाशसनमात्र दिईरहेको तर आयोजनको काम अझै अनिश्चित् पार्दे गएकोमा आक्रोश पोखे ।
ललितपुर जावालाखेलका स्थायी वासिन्दा श्यामले प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ को दशैं अगाडिनै काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याइसक्ने बताए पनि अहिलेसम्म आयोजनाको काम समपन्न हुने छाँटकाँट नदेखिएको आरोप लगाए ।
सरकारको कार्यशैलीप्रति आपत्ति जनाउदै आएका उनले बिरोधस्वरुप २०७५ को घटस्थापनापछि दैनिकजसोे आफ्नो मोटरसाईकलको पछाडी ‘म बौलाहा हँु, मेरो घरको यस धारमा मेलम्चीको पानी कहिले आउँछ ? मेरो नेपाल ।’ हाम्रो गौरवको ब्यानर राखेर हिँड्ने गरेकोे पनि सुनाए ।
उनले सरकारको काम कारवाहीप्रति असुन्तुष्टि जनाउँदै २०७६ को आषाढभित्र पनि मेलम्चीको पानी आउने अवस्था नदेखे सरकारले गर्नुपर्ने काम आफुले भिख मागेर भएपनि सम्पन्न गरी काठमाडौंमा पानी ल्याउने घोषणा समेत गरे ।
ठेकेदार कम्पनी र सरकारकोे बिचमा बेला–बेला उत्पन्न समस्याले आफुजस्ता लाखांै जनता पीडा बोकेर हिँड्नुपरेको उनको भनाई छ । कहिले मेलम्चीको ठेकेदार काम नै प्रभावित पारेर गएको र कहिले सिएमसीसंगको बिषयले सरकारले काम नभएको कारण देखाउदै आफूहरूको आँखामा छारो हाल्ने काम गरिरहेको उनको आरोप थियो ।
२० वर्षमा १३ जना प्रधानमन्त्रीले १९ पटक सरकार प्रमुखको जिम्मेवारी पाइसक्दापनि काठमाडौंबासीको काकाकुल मेट्न नसकेकोे उनको भनाई रहेको छ । ‘के एउटा आयोजना सफल गर्नसक्ने सक्षम प्रधानमन्त्री देशले अहिलेसम्म नपाएकै हो त ? अहिलेसम्मका सरकार प्रमुखले चाहेको भए एउटा योजना सफल बनाउन कति समय लाग्छ ?’ उनले आक्रोस पोखे ।
आफूजस्तै लाखौं घरकापरिवार अहिलेपनि ट्यांकरको पानीमा निर्भर रहँदै आएको बताउदै उनले सरकाले मेलम्चीको बिषयमा विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।
पानीको पाइप बिच्छ्याउने निहँुमा सरकारले बनेको बाटोमात्र तोडेर धुलाम्मे पारिरहेको तर पाईपबाट पानी नआएर सरकारले जनतालाई हावा खुवाइरहेको उनको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।