अब मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने

काठमाडौं– काठमाडौं उपत्यकामा मोटरसाइकलमा सवार हुने दुवै व्यक्तिले अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गरेको हो । आइतबार पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले यो जानकारी दिएका हुन् । 

उनका अनुसार अब मोटरसाइकल वा स्कुटर सवार दुवैजनाले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त हेल्मेट लगाउनु पर्ने भएको हो । पछिल्लो समय सवारी दुर्घटनामा दुई पाङ्ग्रे सवारी बढी पर्न थालेपछि यो व्यवस्था लागु गरिएको हो ।

यसअघि केही वर्षअघि पनि यस्तै व्यवस्था थियो । तर, यो सफल रुपमा कार्यान्वयन हुन सकेन । तर, यसपटक कार्यान्वयनमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ । 

यतिमात्र होइन, पन्तले अब सवारी चालकले जरीवाना तिर्नु परेको खण्डमा अनलाइनबाट नै तिर्न सकिने व्यवस्था गर्न लागेको पनि जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार १६:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया