[स्पेनिस ला लिगा] छैटौँपटक मेस्सीले उचाले पिचिची ट्रफी

काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत पिचिची अवार्ड (ट्रफी) सर्वाधिक गोलकर्ता लियोनल मेस्सीले जितेका छन् ।

लिगको अन्तिम खेलमा आइतबार राति २ गोल गरेका मेस्सीले यो सिजन सर्वाधिक ३६ गोल गरे । अन्य लिगमा समेत गरेर यो सिजन मेस्सीले बार्सिलोनाका लागि ५० गोल गरेका छन् ।

यो मेस्सीको छौटौँ पिचिची अवार्ड हो । यसपटक उनले आफ्नै क्लबका लुइस स्वारेज र रियल मड्रिडका करिम बेन्जिमालाई पछि पार्दै सर्वाधिक गोलकर्तालाई दिइने यो अवार्ड हात पारेका हुन् । ३६ गोल गर्दा मेस्सीले १३ गोलमा एसिस्ट गरे ।

सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानका स्वारेजले २१ गोल गरे । तेस्रो स्थानका बेन्जिमाको पनि २१ गोल नै छ । चौथो स्थानका लगो आसपासले २० गोल गरेका छन् । 





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार ११:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया