एजेन्सी— आइतबार भारतमा लोकसभा निर्वाचनको सातौं चरणको मतदान सकिएपछि विभिन्न एक्जिट पोलहरुले पश्चिम बंगालमा निकै ठूलो परिवर्तन आउने संकेत गरेका छन् । अहिले पश्चिम बंगालमा सत्तामा रहेको दल तृणमुल कंग्रेसकी ममता बनर्जीले चाहिँ यस्ता एक्जिट पोलमा आफूलाई विश्वास नहुने बताएकी छिन् ।
तर, एक्जिट पोलहरुलाई विश्वास गर्ने हो भने भारतीय जनता पार्टीले पश्चिम बंगालमा १० भन्दा धेरै सिट जित्ने अनुमान गर्न सकिन्छ । यस्तो भएमा पश्चिम बंगालमा ठूलो परिवर्तन हुने निश्चित हुनेछ ।
तर, पश्चिम बंगालमा यसअघि पनि भारतीय जनता पार्टीले राम्रो गरिरहेको संकेत मिलेको थियो । सन् २००९ को लोकसभा निर्वाचनमा ६ प्रतिशत मात्र भोट ल्याएको भाजपाले सन् २०१४ मा पश्चिम बंगालमा १७ प्रतिशत मत ल्याएको थियो ।
र, अहिले यो मत प्रतिशत बढेर ३४ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ । तर, यसलाई भारतीय जनता पार्टीको समर्थन मत नभएर तृणमुल कंग्रेसको विरोधी भोट हुनसक्ने अनुमान पनि गरिएको छ ।
र, यसको प्रमुख कारण चाहिँ धर्ममा आधारित प्रचार मानिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।