नतिजा नआउँदै माेदीलाई माल्दिभ्सकाे बधाई

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा लोकसभाको निर्वाचन आइतबार सकिएको छ । २३ मेमा यसको नतिजा आउनेछ तर यसभन्दा अगाडि नै प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारुढ पार्टी भारतीय जनता पार्टीलाई माल्दिभ्सले बधाई दिएको छ । 

माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदले प्रधानमन्त्री मोदी र बिजेपीलाई बधाई दिँदै भारतसँगको सम्बन्ध सुदृढ रहने बताएका छन् । 

एग्जिट पोल्सले भारतमा फेरि मोदीको सरकार बन्ने संकेत गरेपछि आधिकारिक नतिजा आउनुभन्दा अगाडि नै नसिदले ट्विट गर्दै लेखेका छन् –‘भारतीय चुनाव सम्पन्न भइसकेको छ, योसँगै प्रधानमन्त्री नरेन्द्र मोदी र बिजेपीलाई बधाई । माल्दिभ्सका जनता र सरकार प्रधानमन्त्री नरेन्द्र माेदी र बिजेपी नेतृत्वको सरकारसँग सहकार्य र सहयोगी सम्बन्ध राख्न खुशी हुनेछन् ।’

लोकसभाको कुल ५४३ सीटमध्ये ५४२ सीटमा भोटिङ भइसकेको छ । तमिलनाडुको वेल्लोर सीटमा चुनाव आयोगले मतदान रद्द गरेको थियो । 



आइतबार सातौं तथा अन्तिम चरणको भोटिङ सकिएपछि जारी गरिएका सबै एग्जिट पोल्सको नतिजामा एनडिएको फेरि बहुमत आउने भविष्यवाणी गरेको छ । 



  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १२:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया