दुई प्रहरी जवानमाथि दुई बलात्कार आरोप, स्थानीयको प्रदर्शनपछि दुवै निलम्बनमा

नवलपरासी– नवलपरासीका दुई प्रहरी जवानमाथि बलात्कारको आरोप लागेको छ । दुई जवानले एक किशोरीसहित २ महिलालाई बलात्कार गरेको आरोपसहित स्थानीयले उनीहरुमाथि कारबाही माग गर्दै प्रदर्शन गरेका छन् । 

स्थानीयको प्रदर्शनपछि दुवै जवानलाई प्रहरीले निलम्बन गरेको छ । पश्चिम नवलपरासीको सुनवलमा रहेको दंगा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान प्रेम खड्का र पाटेश्वर यादव निलम्बनमा परेका हुन् । उनीहरुमाथि १७ वर्षीया किशोरी र २६ वर्षीया महिला बलात्कार गरेको आरोप छ । १ वैशाखमा घाँस काट्न गएका उनीहरुमाथि खड्का र यादवले बलात्कार गरेको स्थानीयको दाबी छ ।

घटना भएको निकै दिनसम्म पीडितले मुख खोलेका थिएनन् । केही दिनपछि यसबारे प्रहरीमा उजुरी परेको थियो । घटना सतहमा आएपछि स्थानीयले रक्षक नै भक्षक भएको भन्दै प्रदर्शन सुरु गरेका थिए । 

स्थानीयको आरोपपछि २ प्रहरी जवानमाथि कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । नवलपरासी प्रहरीका अनुसार दुवै आरोपीविरुद्ध जबर्जस्ती करणीमा मुद्दा अघि बढाइएको छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १२:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया