मोटरसाइकल दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका सरसफाइ कर्मचारीको मृत्यु भएको छ ।
बुधबार बेलुकी सवा ७ बजे तुलसीपुर-८ चमीखोलामा रा ४ प ४४१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय कविराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए ।
उनी उपमहानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ। उनी मोटरसाइकलको पछाडि सवार थिए भने मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका – ८ का ४८ वर्षीय लक्ष्मीप्रसाद थारुले चलाएका थिए ।
तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेका उनीहरू मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेका थिए । दुर्घटनामा दुवै जना घाइते भएका थिए । तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि उनीहरूलाई बाँकेको नेपालगञ्ज रेफर गरिएको थियो ।
त्यहाँ उपचारको क्रममा कविरामको बिहान २ बजे मृत्यु भएको हो । लक्ष्मीप्रसादको भने उपचार जारी रहेको प्रहरी निरीक्षक रानाले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।