[पाँचथर हत्या अपडेट] सबै मृतकको पहिचान खुल्यो
भागेर बाँचेकी सीताका अनुसार हतियारधारी आक्रमणकारी मास्क लगाएर आएका थिए

फिदिम– पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति हत्या भएका सबैको पहिचना खुलेको छ । मिक्लाजुङ–३ का वडाध्यक्ष हस्तराज फियाकले मृतकहरुको पहिचानबारे पुष्टि गरेका छन् ।

उनका अनुसार, ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो । 

आक्रमण हुँदा घरबाट हामफालेर भागेकी १२ वर्षीया सीता खजुम भने बाँच्न सफल भएकी छिन् । उनी गम्भीर घाइते छिन् । उनको हातमा हतियारको चोट लागेको छ भने भाग्ने क्रममा खुट्टा भाँचिएको छ ।  

मध्यरातमा भएको घटनाबारे स्थानीयले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयलाई बताएअनुसार मुखुन्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको हो ।

धनराज र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जना हतियारधारीको निसानामा परे । बिहान धनराजको परिवारका ५ जनाको शव घरभित्रै भेटिएको थियो भने बमबहादुरको परिवारका ४ जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटियो ।  






  • प्रकाशित मिति : जेठ ७, २०७६ मंगलबार ९:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया