लन्डनकाे ‘काेरिया फ्युचर इनिसिएटिभ’ ले हालै सार्वजनिक गरेकाे एक रिपाेर्टमा उत्तर काेरियाका हजाराैं महिला चीनमा देह व्यापारमा लगाइएकाे दावी गरेकाे छ । रिपाेर्टमा लेखिएकाे छ उनीहरुलाई कि वेश्याका रुपमा बेचिन्थ्याे कि चिनियाँ पुरुषसँग जबरजस्ति विवाह गरिन्थ्याे ।
रिपाेर्टका अनुसार चीनमा अपराधिक संगठन ‘सेक्स ट्रेड’ मा सक्रिय छन् र याे ट्रेड वार्षिक दस कराेड डलर बराबरकाे हुन्छ ।
‘काेरियाली महिलालाई जम्मा ३० युआन वा करिब सवा चार डलरमा यौन व्यवसायमा लगाइन्छ भने जम्मा एक हजार युआनमा पत्नी बनाएर बेचिन्छ। उनीहरूलाई विश्वव्यापी अनलाइन दर्शकका निम्ति साइबर यौन सञ्चालकहरू कहाँ पुर्याइन्छ,’ प्रतिवेदक युन हि-सुनले बताए ।
रिपाेर्टमा भनिएकाे छ ‘उत्तर काेरियाली महिलालाई चीनकाे उत्तर–पूर्वी जिल्लाका वेश्यालयमा गुलाम बनाएर राखिन्छ, जहाँ ठूलाे वस्ती प्रवासी कामदारकाे छ ।’
याैन शाेषणकाे शिकार बन्ने युवतीहरुकाे उमेर ८–९ वर्षसम्मकाे पनि हुने गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।