[पाँचथर हत्याकान्ड] अनुसन्धान गर्न आफैँ पाँचथर हिँडे एसएसपी शरदकुमार खत्री

विराटनगर– पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति ज्वाइँ–ससुराको घरका ९ जनाको विभत्स हत्या भएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्रीको टोली घटनास्थलतर्फ लागेको छ । 

नकाव लगाएर मध्यराति आएको समूहले धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको घरमा हत्याकान्ड मच्चाएको थियो । कसले किन हत्या गरायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । भागेर ज्यान बचाएकी सीता खजुमले नकावधारी समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताएकी छिन् । 

दशमीबजारस्थित प्रहरी चौकीको टोली र रबि प्रहरीले घटनास्थल सुरक्षित गरिरहेको छ। घटनास्थल सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिणतर्फ पर्छ । पाँचथर प्रहरीका अनुसार फिदिमबाट जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । 

यता, प्रदेश–१ प्रहरीले घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्री आफैँ पाँचथरतर्फ प्रस्थान गरेको बताएको छ । उनीसँगै क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानका लागि पाँचथर हिँडेको छ। केन्द्रीय अनुसन्धान ब्युरो भने घटनाको प्रारम्भिक अनुसन्धानपछि टोली पठाउने तयारीमा छ ।






  • प्रकाशित मिति : जेठ ७, २०७६ मंगलबार ११:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया