पाँचथर हत्याकाण्ड–घटनास्थल नजिक झुण्डिएकाे अवस्थामा पुरुषकाे शव फेला

काठमाडौँ– सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारकाे सामूहिक हत्या भएको घरनजिकै झुण्डिएको अवस्थामा एक पुरुषकाे शव फेला भेटिएकाे छ । 

प्रहरी प्रवक्ता विश्वराज पोखरेलले घटनास्थलनजिकै एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेकाे जानकारी दिए । मिक्लाजुङको वडा नं. ८ मा मानबहादुर माखिमको शव भेटिएको हाे । 

दुई परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियाे । उक्त घटनामा १२ वर्षीया बालिकाले भागेर ज्यान बचाउन सफल भएकी छन् । भागेर बाँच्न सफल सीता खाजुमका अनुसार अनुहारमा मुखुण्डाे लगाएर आएका मानिसले धारिलाे हतियार प्रयाेग गरि हत्या गरेका थिए । 

स्थानीयले घटनाबारे मंगलबार बिहानमात्रै थाहा पाएका थिए ।






  • प्रकाशित मिति : जेठ ७, २०७६ मंगलबार १२:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया