संविधान संशोधनबारे सरकारको धारणा नआए संसद् अवरोध गर्ने राजपाको चेतावनी

काठमाडौँ– राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनबारे सरकारको स्पष्ट धारणा नआए संसद अवरोध गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राजपा सांसद महेन्द्र राय यादवले संविधान संशोधनबारे सरकारको धारणा माग गरेका हुन् । 
 
सो विषयमा आफूहरुले विगतका अधिवेशनदेखि माग उठाउँदै आएको र सभामुखले समेत त्यसमा दुईपटक रुलिङ गरेको यादवले स्मरण गराए । उनले गिरिशचन्द्रलाल नेतृत्वको प्रतिवेदन र नेपालगञ्ज घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारले पुनः रुलिङ गर्नुपर्ने माग राखे । 
 
यी विषयलगायत संविधान संशोधनबारे पनि स्पष्ट धारणा नआए बाध्य भएर संसद अवरोध गर्न बाध्य हुने उनको चेतावनी थियो । सभामुखले रुलिङ गरे पनि सरकारले त्यसको सुनुवाइ नगरेको भन्दै यादवले आपत्ति जनाएका हुन् । 

बैठक सुरु हुनेबित्तिकै राजपाका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख महराले यादवलाई धारणा राख्न अनुमति दिएका थिए । यावदको पार्टीका तर्फबाट माग राखेपछि सभामुख कृष्णबहादुर महराले राजपाका मागबारे पुनः सरकारको ध्यानकर्षण गराएका थिए ।  





  • प्रकाशित मिति : जेठ ७, २०७६ मंगलबार १५:११:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया