काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै कर्मचारीलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दाबी गरेका छन् । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले अटेर नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
समितिका सदस्यहरुले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि उठाएका प्रश्नको जवाफ दिँदै उनले करारमा रहेका कर्मचारीलाई तत्कालै नहटाउने स्पष्ट पारे ।
कर्मचारीको मनोबल गिराउने काम सरकारबाट नहुने प्रतिबद्धता पनि दोहोर्याउँदै मन्त्री पण्डितले खुला प्रणाली र करार दुवैबाट राष्ट्रिय आवश्यकताका आधारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।