के मेवा खाँदा साँच्चै गर्भपातको खतरा हुन्छ ?

भनिन्छ, गर्भवतीले मेवा खानु हुँदैन । यसले गर्भपातको खतरा हुन्छ । के साँच्चै मेवाले गर्भपात गराउँछ त ?

कतिपय डाक्टरहरु मान्छन् कि गर्भवतीले मेवा खानबाट बच्नुपर्छ । अझ काँचो मेवा त खानै हुँदैन । किनकि, काँचो मेवामा एक यस्तो इन्जाइम हुन्छ, जसले पाठेघरको खुम्चाइ बढाइदिन्छ, जसका कारण गर्भपात हुन सक्छ ।

पाकेको मेवामा यो इन्जाइमको मात्रा केही कम हुन्छ । तैपनि, गर्भवती अवस्थामा यसको सेवनले केही खतरा भने निम्त्याउन सक्छ । 

साथै प्रसूतिपछि पनि केही हप्ता मेवा नखान सल्लाह दिइन्छ । यस्तो अवस्थामा मेवाको पात पनि उत्तिकै खतरनाक हुन्छ । मेवाको पातमा ‘पपाइन’ नामक कम्पाउन्ड हुन्छ, जुन शिशुका लागि प्राणघातक हुन सक्छ । यसले शिशुमा ‘बर्थ डिफेक्ट’ पनि निम्त्याउन सक्छ । 

यसका अतिरिक्त, मेवामा भारी मात्रामा ल्याटेक्स (चोप) हुन्छ । यसले एलर्जी गराउँछ । मेवाको बिउले पुरुषलाई नपुंसक बनाउन सक्छ । यसले वीर्यमा शुक्रकीटको संख्या घटाउँछ, र शुक्रकीटको ‘मोबिलिटी’मा पनि असर गर्छ ।

सामान्य अवस्थाका लागि मेवा एक स्वस्थवद्र्धक फल हो । तर, यसको अत्यधिक सेवन भने जुनसुकै अवस्थामा खतरनाक हुन सक्छ । यो यसकारण कि, मेवामा ‘बेन्जाइल आइसोथायोसाइनेट’ पाइन्छ, जसको अधिक मात्रा शरीरका लागि विषाक्त हुन सक्छ । 





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार १७:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया