नासाद्वारा मंगल ग्रहमा नाम पठाउन इच्छुकका लागि सूचना जारी

एजेन्सी– अमेरिकामा रहेको अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले २०२० को जुलाईमा ‘मार्स २०२० रोभर’ नामक अन्तरिक्षयान मंगल ग्रहमा पठाउने भएको छ । सो यामार्फत मंगल ग्रहमा नाम पठाउन इच्छुकका लागि नासाले सूचना जारी गरेको छ । 

झन्डै एक हजार किलोको उक्त रकेट मंगल ग्रहमा भने २०२१ को फेब्रुअरीमा अवतरण गर्ने बताइएको छ । मंगल ग्रहमा पठाउन इच्छुकले सेप्टेम्बर ३० सम्म नाम दर्ता गराएर बोर्डिङ पास लिन सक्नेछन् ।

नासाको योजनाअनुसार २० लाख जनाको नाम मंगल ग्रहमा पठाइने छ। अहिले झन्डै तीन लाखजनाले आफ्नो नाम दर्ता गराइसकेका छन् । 
 
मंगल ग्रहमा सो यानले त्यहाँ जीवनको सम्भावनाबारे अध्ययन गर्नुका साथै ग्रहको जलवायु र भौगोलिक अवस्थाको बारेमा पनि अध्ययन गर्नेछ । 

 





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार १५:२६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया