एजेन्सी– बेलायतमा हाउस अफ कमन्सकी नेता एन्ड्रिया लेडसमले मन्त्रीमण्डलबाट राजीनामा दिएकी छिन् ।
लेडसमले अहिलेको सरकारले ब्रेक्जिट (युरोपेली युनियनबाट बेलायत अलग्गिने प्रक्रिया) सम्भव नहुने देखेर आफूले राजीनामा दिएको बताएकी छिन् । सांसदमा प्रधानमन्त्री थेरेसा मेको चर्को विरोध भइरहेको समयमा आएको लेडसमको यो राजीनामाले बेलायती राजनीतिक समीकरण बदल्न सक्ने बताइएको छ । योसँगै बेलायती प्रधानमन्त्रीको पनि राजीनामा माग गरिएको छ ।
उता, प्रधानमन्त्री कार्यालयले लेडसमको राजीनामामाथि दुःख जनाउँदै उनको कामको प्रशंसा गरेको छ ।
लेडसम कन्जर्भेटिभ पार्टीको नेताको चुनावी दौडमा रहिसकेकी निेता हुन् । पछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै थेरेसा मेलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिएकी थिइन् ।
लेडसम यो सरकारमा राजीनामा दिने ३६ औं मन्त्री हुन् । यीमध्ये २१ जना मन्त्रीले त ब्रेक्जिटको विषयमा नै रहेर राजीनामा दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।