थेरेसा मेकाे राजीनामा शुक्रबार ?

लन्डन– बेलायती प्रधानमन्त्री थेरेसा मेले शुक्रबार पदबाट राजीनामा दिन सक्ने सम्भावना रहेको बताइएको छ । द टाइम्स अफ लन्डनले यसबारे एक रिपाेर्ट प्रकाशित गर्दै मेले केही दिनभित्रै राजीनामा दिन सक्ने उल्लेख गरेकाे छ । 

पत्रिकाका अनुसार थेरेसा मेको राजीनामापछि सत्ताधारी कन्जरभेटिभ पार्टी आफ्ना नयाँ नेताको चुनाव गर्नेछ । दुई चरणको यस प्रक्रियामा पार्टीका १.२५ लाख सदस्य सहभागी हुनेछन् ।

रिपाेर्टका अनुसार उत्तराधिकारीकाे चुनाव हुने बेलासम्म थेरेसा कार्यवाहक प्रधानमन्त्रीकाे रुपमा रहनेछिन् ।

बेलायत इयुबाट बाहिरिने विषयमा थेरेसाले संसदमा लगातार गतिराेधकाे सामना गरिरहनुपरेकाे छ । उनले अहिलेसम्म ब्रेक्जिट संसदबाट सर्वसम्मत पारित गर्न पाएकी छैनन । यहाँसम्म कि उनकै मन्त्रीहरु पनि यसकाे विराेधमा उत्रिएका छन् । 



द गार्जियनका अनुसार प्रधानमन्त्रीले ल्याएकाे नयाँ ब्रेक्जिट याेजनाकाे विराेध गर्दै बुधबार मन्त्रीमण्डलकी बरिष्ठ सदस्य एन्ड्रिया लेडसमले राजीनामा दिएकी छन् । स्राेतका अनुसार लेडसमकाे राजीनामापछि थेरेसा मे माथि प्रधानमन्त्री पद छाेड्न दबाव बढेकाे छ । सम्भवत: उनले राजीनामा दिने निर्णय गरिसकेकी छन् । 

थेरेसापछि प्रधानमन्त्रीकाे दाबेदार लेडसम हुन सक्ने पनि द टाइम्सले लेखेकाे छ । उनीसँगै ब्रेक्जिट समर्थक बाेरिस जाेनसन,डाेमिनिक राब, पेनी माेरडन्ट, माइकल गाेव र साजिद जाविदकाे नाम पनि प्रधानमन्त्रीकाे उमेद्वारकाे सूचीमा लिइएकाे जनाइएकाे छ । 




  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १४:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया