प्रदेश र स्थानीय सरकारलाई कानुनमन्त्रीको चेतावनी : संघीय कानुनप्रतिकूल कानुन बनाए बदर हुन्छ

काठमाडौं– प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर हुने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले यस्तो चेतावनी चेतावनी दिएका हुन् ।

प्रदेश र स्थानीय सरकारले सबै कानुनको कपी संघीय सरकारलाई अनिवार्य उपलब्ध गराउने व्यवस्था गरिएको बताउँदै मन्त्री ढकालले संविधान र कानुनविपरीत चल्न नदिन यस्तो प्रावधान राखिएको बताए । 

संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले बिहीबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधान र संघीय कानुनविपरीतका कानुन निर्माण गर्न पाउने भ्रममा नपर्न प्रदेश र स्थानीय सरकारलाई सचेत गराए । 

सरकारले संविधानबमोजिम नै विधेयक निर्माणको काम गरिरहेको दाबी गर्दै मन्त्री ढकालले विधेयक निर्माणका लागि विज्ञहरुको सुझाब लिन पनि सरकार प्रतिबद्ध रहेको बताए । 

विधेयक निर्माणको कामलाई छिटो पूर्णता दिन पनि उनले मातहतका सबै निकायलाई सचेत गराएक छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १५:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया