[झलनाथ खनालको विचार] मोदीकोे पुनराेदयले नेपाल–भारत सम्बन्ध अझ राम्रो हुन्छ

भारतीय जनता पार्टीले भारतीय जनतालाई रिझाउन सक्नु नै अहिले मोदीको विजय हो । बिजेपीको विजय हो । जनता खुसी नभई कसैले जित्दैनन् । जनता खुसी हुनुको कारणले उनीहरूले जिते । बिजेपीले जनतालाई चित्त बुझायो । 

भारत र नेपाल दुवै स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक हुन् । दुई देशबीच मूल्य–मान्यता, नीति र सिद्धान्तमा आधारित सम्बन्ध छ । त्यसैले नेपाल–भारत सम्बन्धमा खासै फरक पर्दैन । दुई देशबीचको सम्बन्ध र सहयोगका प्रक्रियाहरू आगामी दिनमा पनि अगाडि बढिरहनेछ । 

मोदीले निर्वाचन जितिसकेपछि स्वाभाविक रूपले उनले छिमेकीसँगको राम्रो सम्बन्ध कायम गर्ने कुरा गरेका छन् । उनले निर्वाचनका प्रक्रियामा गरेका भाषणमा पनि छिमेकीसँगको सम्बन्ध राम्रो बनाउने कुरा गरेका छन् । उनले पटक–पटक नेपाल भ्रमण पनि गरेका छन् । नेपालसँग राम्रा सहमति सम्झौता पनि भएका छन् । त्यसकारण मोदीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध अझ राम्रो हुन्छ भन्ने मलाई लाग्छ । नेपाल–भारतबीचमा ऐतिहासिक समस्या छन् । तर, सम्बन्ध सुधार हुँदै आएको छ । र, त्यो सम्बन्ध आगामी दिनमा अझै सुधार हुँदै जानेछ । 

मोदीकोे उदयले अझै शक्तिशाली भारतको संकेत गर्छ । शक्तिशाली उदीयमान भारत, विश्वशान्तिका निम्ति एउटा महत्वपूर्ण शक्ति हो । विश्वशान्ति कायम गर्ने कुरामा शक्तिशाली भारतको भूमिका सकारात्मक रहन्छ । 

नेपालको संविधान संशोधनको विषयमा भारतले अहिले केही भनेको छैन । नेपालको संविधान संशोधन गर्ने कि नगर्ने भन्ने हाम्रो कुरा हो । त्यसमा अरू कुनै पनि देशको चासोको खासै महत्व रहँदैन । भारतले पनि त्यो प्रकारको चासो राख्लाजस्तो मलाई लाग्दैन । 

भारतीय जनता पार्टीले भारतीय जनतालाई आकर्षिक गर्न सकेको देखिन्छ । भारतीय कंग्रेसले चुनाव हार्नुको मुख्य कारण उसले भारतीय जनतालाई आकर्षित गर्न नसक्नु हो । 



मोदीको उदयले मधेसमा केही प्रभाव पर्दैन । मधेस नेपालको अत्यन्तै अभिन्न र अखण्ड भूमि हो । सम्पूर्ण मधेसी जनता, पहाडी जनता हिमालका जनता एकताबद्ध भएर हामीले संविधान निर्माण गरिसकका छौँ । अब सबैले संविधानलाई स्वीकार गरेर अगाडि बढिसकेको अवस्थामा यसलाई केही फरक पर्दैन । 

नेपालले भारत र चीन दुवै देशसँगको सम्बन्धलाई अत्यन्त सन्तुलित ढंगले अघि बढाउनुपर्छ । मोदीको कार्यकालमा नेपाल र भारतका बीचमा सहयोग र सम्बन्धका धेरै ठूला सम्भावना छन् । ती सम्भावनालाई ध्यानमा राखेर नेपाली नेतृत्वले आफ्नो भारत नीति तय गरेर अगाडि बढ्नुपर्छ । 



  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १६:३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया