नियमित व्यायामले बढाउँछ स्मरण शक्ति र कार्यक्षमता

हिजोआज व्यस्तताका कारण मानिसहरूको जीवनशैलीमा सन्तुलन कायम छैन । दैनिकी बिग्रिएको छ । यसको असर सोझै शारीरिक र मानसिक स्वास्थ्यमा पर्छ । स्मरण शक्ति कम हुँदै गइरहेको देखिन्छ । यो समस्याबाट मुक्ति पाउनका लागि नियमित रूपमा ३० मिनेट व्यायाम गर्नुपर्ने आवश्यकता एक अध्ययनले देखाएको छ ।

मस्तिष्कको कार्यक्षमता बढ्छ 

मानिसहरू नियमित व्यायाम गर्न सक्दैनन् । त्यसैले कुनै न कुनै बहाना बनाएर व्यायामलाई टारिदिन्छन् । तर, दैनिक ३० मिनेटको व्यायामले स्मरण शक्तिमा सुधार हुने निष्कर्ष हालै भएको एक अध्ययनले देखाएको छ । स्मरण शक्तिमा मात्र सुधार नभई यसले दिमागले काम गर्ने तरिकामा पनि परिवर्तन ल्याउन सक्छ ।

लगभग २ घन्टा ३० मिनेट नियमित व्यायाम गर्दा वृद्ध मस्तिष्क र शरीर स्वस्थ हुने निष्कर्ष पनि उक्त अध्ययनले देखाएको छ । न्यु युनिभर्सिटी अफ मेरिल्यान्डका अध्ययनकर्ताहरूले उक्त अध्ययन ५० देखि ५८ वर्ष उमेरका २६ जनालाई लिएर अध्ययन गरेका थिए । 

उमेर बढ्दै जाँदा कम हुन्छ स्मरण शक्ति

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएअनुसार ६० वर्षभन्दा बढी उमेरका १३ प्रतिशत मानिसमा कुनै कुरा याद गर्न खोज्दा याद आउँदैन । सेन्टरका अनुसार अहिले विश्वमा अल्जाइमरको खतरा बढिरहेको छ । त्यसैले व्यायाम गर्न अति आवश्यक भएको बताइएको छ ।



६० देखि ७० वर्षको उमेरमा मस्तिष्कका कोषिका खुम्चिन थाल्छन् । त्यसैले ६० भन्दा बढी उमेरका १३ प्रतिशत मानिस बितेका कुरा सम्झन असमर्थ हुन्छन् ।

शोधकर्ताका अनुसार फरक–फरक समयमा फरक किसिमको सम्झना बन्ने गर्छन् । यी सबैलाई याद गर्नका लागि सबैभन्दा उत्तम उपाय भनेको व्यायाम नै हो । 



शारीरिक गतिविधिले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । हार्वर्ड हेल्थ ब्लगका अनुसार नियमित व्यायामले मस्तिष्कको कोषिकामा सुरक्षात्मक प्रभाव पर्छ । यसले सोच्ने क्षमतामा पनि विकास हुन्छ ।

  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १६:२३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया