पुटिनले दिए मोदीलाई बधाई

नयाँ दिल्ली– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा उनको पार्टी ‘बहुमतले विजयी भएकोमा’ बधाई दिएका छन् ।

केहीबेरअघि रुसी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डलबाट राष्ट्रपति पुटिनले मोदीलाई बधाई दिएको भन्दै ट्विट गरिएको छ । 

लोकसभा निर्वाचनको अन्तिम परिणाम नआउँदै मोदीलाई बधाई दिनेको संख्या बढ्दो छ । यसअघि, ट्विटरबाटै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलगायतले मोदीलाई बधाई दिइसकेका छन् ।





  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १७:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया