भारतमा किन चल्यो मोदी आँधी ? ७ कारण

एजेन्सी– भारतीय लोकसभा निर्वाचनको परिणाम आउने क्रममा छ । यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले स्पष्ट बहुमत ल्याउने देखिएको छ । मोदीको यो आँधीको कारण के हुनसक्छ ? आखिर किन ? ८ कारणः

१) भारतमा यसपटक पनि राष्ट्रवादको नारा खुब चल्यो । मोदीले यही नारालाई आफ्नो चुनावी एजेन्डाको प्रमुख नारा बनाए । मोदीमाथि राष्ट्रवादी नाराका कारण भारतीय जनताले मोदीमाथि विश्वास गरे । अनि त्यही नाराले यो दललाई प्रचण्ड बहुमत दिलायो । 

२) क्षेत्रीय दलहरुको प्रभाव भएको ठाउँमा पनि उनीहरुले यसपटकको निर्वाचनलाई बेवास्ता गरेका थिए । कतिपय क्षेत्री दलहरुमा आवश्यक भन्दा बढी आत्मविश्वास देखियो । उनीहरुले जनताको चाहना इग्नोर गरे, मोदीले यसलाई आफूसँग लिए । 

३) भारतका अधिकांश निर्वाचन क्षेत्रमा मोदी नै हावी भए । जस्तो कि बेगूसराय । त्यहाँबाट निर्वाचनमा गिरिराज सिंह उठेका थिए, कन्हैया कुमारविरुद्ध । तर, मोदी नै त्यहाँ हावी भए । अर्कोतिर खानदानी सिटलाई पनि बेवास्ता गर्न थालियो । यसको उदाहरणका रुपमा राहुलले अमेठीलाई गरेको बेवास्तालाई लिन सकिन्छ । राहुलले अमेठीलाई बेवास्ता गर्दै वायनाड गए । जसका कारण राहुलले अमेठी गुमाउन पर्यो । अन्य नेताहरुले पनि यस्तो बेवास्ता गर्दा भारतीय जनता पार्टीलाई फाइदा पुग्यो । 

४) विधानसभामा मोदीको दल भारतीय जनता पार्टीले हारेका ठाउँमा पनि लोकसभामा भाजपाले जितेको छ । यो पनि राष्ट्रवादी नाराको जित हो । मानिसहरुले मोदीमाथि भरोसा गरेकाले नै उनले जित निकालेका हुन् । 

५) राष्ट्रवाद नै हावी भएको थिएन भने केरलमा पनि भाजपाको जित हुने थियो । तर, केरलामा भारतीय कांग्रेसले राम्रो प्रदर्शन गरेको छ । किनकि त्यहाँ मोदीको अर्को कार्ड हिन्दु कार्ड खासै चल्दैनथ्यो । त्यहाँ राष्ट्रवादी नारा र हिन्दु कार्ड चल्दैनथ्यो । 



६) क्षेत्रीय दलहरुको भोट कांग्रेसले काटिदियो । जस्तो कि उत्तर प्रदेशमा सपा र बसपाले महागठबन्धन बनाएका थिए । तर, त्यहाँ कांग्रेसले प्रियंका गान्धीलाई निकै ढिलो उतार्यो । फलस्वरुपः कांग्रेसले सपा र बसपाको मत काटिदियो । तर, यसले फाइदा पनि भाजपालाई नै पुग्यो । 

७) मोदी तथा भाजपा अध्यक्ष अमित शाहलाई उत्रिनै नदिइएको पश्चिम बंगालमा पनि भाजापाले राम्रो गरेको छ । त्यहाँ चुनावी मैदानमा जाँदा भाजपा अध्यक्षको हेलिकोप्टर अवतरण गर्न पनि दिइएको थिएन । यसले गर्दा भारतीय जनतामा वितृष्णा भएको र त्यहाँको तृणमुल कांग्रेसले सोचेजस्तो गर्न नसकेको अनुमान गरिएको छ ।



  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १८:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया